काठमाडौं । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्ट्स च्याम्पियनसिप असोज ८ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा सातै प्रदेशबाट करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले जनाएका छन् ।
प्रतियोगितामा विभिन्न ४ विधामा प्रतिस्पर्धा हुनेछ । फुल केन्पो, सेमि केन्पो, सेल्फ डिफेन्स र खुकुरी काताअन्तर्गत विभिन्न स्पर्धामा खेल खेलाइने छ ।
अध्यक्ष पाण्डेले कोरोनो भाइरस (कोभिड– १९) का कारण सुस्त रहेको खेलकुद गतिविधिलाई अगाडि बढाउन र खुकुरी काता मार्फत नेपालको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा अभिबृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
फुल र सेमि केन्पोअन्तर्गत विभिन्न तौलसमूहमा खेल खेलाइने छ । सेल्फ डिसेन्सतर्फ प्रदर्शनी खेल मात्र हुने छ । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ।