काठमाडौं । टोकियो पारालिम्पिकको तेक्वान्दोतर्फ नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले रिपिचेज राउण्डमा जित निकालेकी छिन् ।
रिपिचेजको क्वाटरफाइनलमा पलेशाले अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई पराजित गरिन् ।
के ४४ क्याटगोरीको महिला ५८ केजीमुनि तौलसमूहमा पलेशाले ब्रियान्नालाई १०-० ले हराईन् ।
यस जितसँगै पलेशाले कास्य पदक जित्ने सम्भावना कायम राखेकी छिन् ।
अब पलेशाले सेमिफाइनलमा सर्बियन खेलाडी मारिया मिसेभसँग खेल्नेछिन् ।
सेमिफाइनलमा जित निकालेमा पलेशाले कास्य पदकका लागि पुन: खेल्ने छिन्।
पलेशा स्वर्ण पदकको दौडबाट भने बहिरिसकेकी छिन् ।
पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग २१-८ ले पराजित भएपछि उनको स्वर्ण यात्रा समाप्त भएको हो ।
पारालिम्पिकमा १ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली टोकियोमा छन्।