काठमाडौं । टोकियो पारालिम्पिकमा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन पहिलो खेलमै पराजित भएकी छिन् ।
राउण्ड अफ १६ अन्तर्गत शुक्रबार भएको खेलमा पलेशा बेलायतकी बेथ मुनरोसँग २१-८ ले पराजित भएकी हुन् ।
पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।
पलेशालाई हराएकी मुनरोले क्वाटरफाइनलमा टर्कीकी गाम्जे गुर्डलसँग खेल्ने छिन् ।
अब पलेशाले कास्य पदकका लागि रिपेचेज राउण्डमा प्रतिस्पर्धा गर्ने छिन् ।
पारालिम्पिकमा १ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली टोकियोमा छन्।