काठमाडौं । दुबईमा आयोजना भएको एएसबीसी युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली बक्सिङ टोली स्वदेश फर्किएका छन् ।
च्याम्पियनसिपमा सहभागिता जनाएर ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली मंगलबार स्वदेश फर्किएका हुन्।
च्याम्पियनसिपमा नेपालका तीन खेलाडीले कास्य पदक जितेका थिए ।
नेपालका छिरिङ वाङदी शेर्पाले जुनियर पुरुषको ५४ केजी तौल समूहमा कास्य जितेका थिए ।
यस्तै स्वस्तिका तिरुवाले महिला ५० केजी तौल र नारीका राईले ५७ केजी तौल समूहमा कास्य पदक हात पारेकी थिइन् ।
नेपाली टोलीलाई बक्सिङ संघका अध्यक्ष राम अवाले लगायत संघका पदाधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।