बक्सिङ दिवस मनाईयो

काठमाडौं । अन्तराष्ट्रिय बक्सिङ दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाईएको छ।
नेपाल बक्सिङ संघले साताव्यापी कार्यक्रमको आयोजना गरेर बक्सिङ दिवस मनाईएको जनाएको छ।
संघले बक्सिङ फर कज, बक्सिङ फर कम्पासन र बक्सिङ प्रतियोगिताको आयोजना गरेर दिवस मनाईएको जनाएको छ।
बक्सिङको सर्वोच्च निकाय अन्तराष्ट्रिय बक्सिङ संघ (आईबा) ले १९७४ माक्यूवाको हवानामा भएको प्रथम आईबा वर्ल्ड च्याम्पियनशिपको मितिलाई आधार मानेर अगस्ट २७ मा बक्सिङ दिवस मनाउने गर्छ ।
दिवसको अवसरमा संघले शुक्रबार सातदोबाटोस्थित केन्द्रिय बक्सिङ जिममा पाँचवटा बक्सिङ शो म्याचको आयोजना गरेको थियो ।
जस अन्तर्गत ६७ केजी तौल समूहमा शनिल शाही र भुपेन्द्र थापा, ५२ केजी तौल समूहमा चन्द्र थापा र प्रदिप महर्जन, ५१ केजीमा शुस्मा तामाङ र माला राई, ६९ केजीमा संगिता सुनवार र सरस्वति रानामगर तथा ६० केजी तौल आभास प्रताप शाह र रोशन अछामीबीच प्रदर्शनी खेल भएको थियो।
प्रदर्शनी खेलमा सहभागी खेलाडीलाई नगद तथा अन्तर्राष्ट्रिय बक्सिङ दिवसको टिशर्ट उपहार स्वरुप प्रदान गरिएको थियो।
कार्यक्रममा नेपाल बक्सिङ संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका सदस्य राम अवाले, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिब कोईराला, नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसी, राखेप बोर्ड सदस्य सुभास श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, नेपाल बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापामगर, नेपाल बक्सिङ संघका केन्द्रीय सदस्यहरु श्यामकाजी अवाले, पुष्कर राज पन्त तथा सिनेकर्मी प्रदिप बास्तोला लगायतका अथितिहरुको उपस्थिति रहेको थियो।
यस्तै बक्सिङ फर कज अन्तर्गत शुक्रबार नै अनाथालयहरुमा गई बक्सिङ खेलाडी तथा बक्सिङ प्रेमीहरुले अनाथहरुकाबीचमा गई स्वास्थ्य उपकरणहरु मास्क, सेनिटाईजर लगायत स्वास्थ्य उपकरणहरु हस्तान्तरणका साथै बक्सिङ सम्बन्धि ज्ञान पनि प्रदान गरीएको संघले जनाएको छ ।
यस्तै बक्सिङ खेलाडी, प्रशिक्षक, रेफ्री जज तथा संघका पदाधिकारीहरुले सातदोबाटोको खेलकुद परिषरमा सरसफाई गरेको संघले जनाएको छ।
संघ अन्तर्गतका ४० वटा जिल्लाहरुका पदाधिकारी एवं खेलाडी, प्रशिक्षकहरुद्वारा अन्तराष्ट्रिय बक्सिङ दिवसको उपलक्ष्यमा २० देखि ४० सेकेण्डसम्मको सेडो बक्सिङ प्रतियोगितामा पनि सहभागिता जनाएको संघले बताएको छ ।






-1754312729.jpeg&w=3840&q=75)





-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)