काठमाडौं । दुबईमा जारी एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा नेपालका छिरिङ वाङदी शेर्पाले कास्य पदकमै चित्त बुझाएका छन् ।
जुनियर पुरुषको ५४ केजी तौल समूहमा मंगलबार भएको सेमिफाइनलमा कजाकिस्तानका खेलाडी एडाईबेक नियाजबेसँग पराजित भएपछि छिरिङले कास्यमै चित्त बुझाएका हुन् । छिरिङ कजाकिस्तानका खेलाडीसँग तेस्रो राउण्डमा पराजित भए ।
यस अघि छिरिङले क्वाटरफाइनलमा कुवेतका मोहमेद एलेनेजीलाई ५-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।
प्रतियोगितामा नेपालबाट ६ खेलाडीले सहभागिता जनाएका छन् ।
नेपालका दुई महिला खेलाडी नारीका राई र स्वस्तिका तिरुवाले पनि कास्य जितेका छन् ।