काठमाडौं । फिलिपिन्समा हुने भनिएको २१ औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ ।
कोरोना भाईरसको महामारीको कारण फिलिपिन्स भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित भएको हो ।
फिलिपिन्स सरकारले लगाएको लकडाउनको कारण च्याम्पियनसिप स्थगित गरिएको नेपाल भलिबल संघका महासचिब जितेन्द्र बहादुर चन्दले जानकारी गराएका छन् ।
च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म हुने तालिका रहेको थियो ।
सुरुवातमा यस प्रतियोगिता नेपालले पनि खेल्ने तय थियो । तर, कोभिडको कारण नेपाल च्याम्पियनसिप खेल्नबाट बञ्चित भएको थियो ।
एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले नेपाललाई बाहिर राख्दै प्रतियोगिताको समूह विभाजन गरेको थियो ।