काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी असिम जंग कार्कीले गैरआवसीय नेपाली संघ (एनआरएन)को राष्ट्रिय समन्वय परिषद् फ्रान्सको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
उमेर समूहको फुटबल हुँदै राष्ट्रिय टिमबाट नेपालको प्रतिनिधित्व गरेका कार्कीले एनआरएनएको आसन्न फ्रान्सको राष्ट्रिय समन्वय परिषदको सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
चोटका कारण कार्कीले राष्ट्रिय फुटबल टिमको करियरलाई लामो समय निरन्तरता दिन सकेनन् । उनी चोटको सल्यक्रिया गर्दै पुन मैदान फर्कने तयारी गरेका थिए । तर त्यो पनि सफल हुन सकेन ।
फुटबल करियर चोटले सताएपछि असिम अध्ययनका लागि फ्रान्स पुगेका थिए । फ्रान्समा परिवार साथ बस्दै आएका असिमले अध्ययनका साथै स्थानीय फुटबल क्लबमा समेत काम गरिरहेका छन् ।
एनआरएनए फ्रान्सको नयाँ कार्यसमितिका लागि संस्थापन पक्षबाट सदस्य पदमा उम्मेदवारी दिएको छु । फ्रान्सबाट असिमले खेलपाटीसंग भने, एनआरएनको मुभमेन्टलाई अघि बढाउन र युवाहरुको सहभागीताका लागि सदस्य पदमा उम्मेदवारी दिएको हुँ ।
करिब तीन वर्षदेखि अमिस फ्रान्समा बस्दै आएका छन् । फ्रान्समा फुटबलनै पढिरहेका असिमले स्थानीय क्लबमै काम गर्दै आएका छन् ।
फ्रान्समा रहेका नेपालीको दोस्रो पुस्तालाई खेलकुदमार्फत योगदान दिने उद्धेश्यका साथ एनआरएनएको चुनावसम्म जोडिन आइपुगेको छ । अमिसले खेलपाटीसंग भने ।
एनआरएनए फ्रान्सको राष्ट्रिय समन्वय परिषदको निर्वाचन अगष्ट १ मा हुदैछ ।