एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद 'टोकियो ओलम्पिक' जापानमा जारी छ ।
राजधानी टोकियोमा जारि ओलम्पिक अन्तर्गत शुक्रबार अपरान्हसम्म कुल १ सय २४ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ४१ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।
शुक्रबार अपरान्हसम्म पदक तालिकामा चीन शीर्ष स्थानमा यथावत रहेको छ । जापान र अमेरिकालाई पछि पार्दै चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको हो ।
चीनले १७ स्वर्ण पदकसहित कुल ३६ पदक जितेको छ । दोस्रो स्थानको जापानले १५ स्वर्ण पदकसहित कुल २६ पदक जितेको छ ।
यस्तै तेस्रो स्थानको अमेरिकाले १४ स्वर्णसहित कुल ४१ पदक जितेको छ ।
रसियन ओलम्पिक टिम १० स्वर्णसहित कुल ३१ पदक जितेर चौंथो स्थानमा रहदा अष्ट्रेलिया ९ स्वर्णसहित कुल २२ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।
यस्तै ग्रेट ब्रिटेनले ६ स्वर्ण जित्दा दक्षिण कोरियाले ४ स्वर्ण जितेको छ । नेदरल्यान्ड्स, जर्मनी, क्यानडा, न्युजिल्याण्ड र फ्रान्सले ३/३ स्वर्ण पदक हात पारेका छन् । २ स्वर्ण जित्नेमा इटाली, हंगेरी, स्लोभानिया, क्रोएसिया र कोसोभो रहेका छन् ।
त्यस्तै १ स्वर्ण जित्ने राष्ट्रको संख्या २४ पुगेको छ।
टोकियो ओलम्पिकमा नेपालको प्रतिस्पर्धा सकिएको छ । नेपालका पाँच खेलाडीले टोकियोमा प्रतिस्पर्धा गरेका थिए ।