एजेन्सी । भारतीय महिला मुक्केबाज मेरी कोम टोकियो ओलम्पिक अन्तर्गत बक्सिङ प्रतियोगिताबाट बाहिरिएकी छिन् ।
बिहीबार राउण्ड अफ १६ को खेलमा कोलम्बियाकी खेलाडी इन्ग्रिट भ्यालेन्सियासँग पराजित हुँदै कोम प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
महिलाको फ्लाईवेट ४८-५१ केजी तौल समूहमा कोम भ्यालेन्सियासँग ३-२ ले पराजित भईन् ।
यससँगै अन्तिम ओलम्पिक खेलिरहेकी कोमको ओलम्पिकमा दोस्रो पदक जित्ने सपना सकिएको छ ।
३८ वर्षीय कोमले लण्डन ओलम्पिकमा कास्य पदक जितेकी थिइन् ।
६ पटक विश्व च्याम्पियनसिप कोमको ओलम्पिकमा स्वर्ण जित्ने सपना भने पूरा हुन सकेन ।
कोमले एसियन गेम्समा समेत स्वर्ण जितेकी छिन् ।