काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका ओपन स्पाइकर राजेन्द्र विष्ट नेपाली सेनाको अमल्दार (सीपीएल) पदमा बढुवा भएका छन् ।
त्रिभुवन आर्मी क्लबका ओपन स्पाइकर समेत रहेका राजेन्द्र सेनाको लेस नायकबाट अमल्दारमा बढुवा भएका हुन् ।
राजेन्द्रले विशेष सिफारिसमा आफु बढुवा भएको खेलपाटीलाई बताए ।
'पहिले म लेस नायक थिए अहिले अमल्दारमा बढुवा भएको छु । भलिबल खेलतर्फ अहिले म मात्र बढुवा भएको हो,' उनले भने ।
राजेन्द्रलाई सैनिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति महासेनानी शशी किरण रायमाझीले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
बिस २०७५ सालबाट राष्ट्रिय टिममा रहेका राजेन्द्र नेपालमा आयोजना भएको १३ औं सागमा नेपाली टोलीका मुख्य खेलाडी थिए ।
त्यसअघि उनले नेपालमै भएको एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिप खेलेका थिए ।
दार्चुलामा जन्मिएका राजेन्द्र २०६८ सालमा आर्मीमा आबद्द भएका थिए ।