एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद 'टोकियो ओलम्पिक' जापानमा जारी छ ।
राजधानी टोकियोमा जारि ओलम्पिक अन्तर्गत बुधबार मध्यान्नसम्म कुल ८३ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ३२ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।
टोकियो ओलम्पिकको छैटौं दिन पदक तालिकामा आयोजक जापानले अग्रता कायमै राखेको छ । अमेरिका र चीनलाई पचाई पार्दै जापान पदक तालिकाको शीर्ष स्थानमा रहेको हो ।
जापानले ११ स्वर्ण पदकसहित कुल २० पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले १० स्वर्णसहित कुल २९ पदक जितेको छ ।
चीन १० स्वर्णसहित कुल २३ पदक जितेर तेस्रो स्थानमा रहेको छ ।
रसियन ओलम्पिक टिम ७ स्वर्णसहित कुल १९ पदक जितेर चौंथो स्थानमा रहदा अष्ट्रेलिया ६ स्वर्णसहित कुल १५ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।
यस्तै ग्रेट ब्रिटेनले ५ स्वर्ण जित्दा फ्रान्स र दक्षिण कोरियाले ३/३ स्वर्ण पदक हात पारेका छन् । २ स्वर्ण जित्नेमा क्यानडा, फ्रान्स,जर्मनी र कोसोभो रहेका छन् ।
बुधबार नेपालका पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दै छिन् । गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन् ।