काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमबाट सदस्य लोकेन्द्र गिरिको घुँडाको सफल शल्यक्रिया भएको छ।
विभागीय टिम एपीएफ क्लबका सेटर लोकेन्द्रको एपीएफ अस्पतालमा सोमबार सफल शल्यक्रिया गरिएको हो ।
लोकेन्द्र पछिल्लो केहि वर्षयता घुँडाको चोटबाट गुज्रिरहेका थिए । तर, उनले खेल्न भने छाडेका थिएनन् । चोटले थप समस्या पार्न थालेपछि उनको शल्यक्रिया गरिएको हो ।
नेपाली राष्ट्रिय टोलिबाट लोकेन्द्रले बंगलादेश र डेनमार्कविरुद्ध खेलिसकेका छन् ।
लोकेन्द्र नेपाली भलिबल क्षेत्रकै उत्कृष्ट सेटरमा पर्ने गर्छन् । लोकेन्द्र एपीएफ क्लबका महत्वपूर्ण खेलाडी हुन् ।
शल्यक्रिया गरेपछि लोकेन्द्र करिब एक वर्ष कोर्ट बाहिर रहने छन् । तर, लोकेन्द्रले आफु चाडै कोर्टमा फर्किने विश्वास गरेका छन् ।