एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद 'टोकियो ओलम्पिक' जापानमा जारी छ ।
राजधानी टोकियोमा जारि ओलम्पिकमा सोमबारसम्म कुल ५० स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा २३ राष्ट्रले स्वर्ण जितेका छन् ।
टोकियो ओलम्पिकको चौंथो दिन पदक तालिकामा आयोजक जापानले अग्रता बनाएको छ । जापान चीनलाई उछिन्दै पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
जापानले ८ स्वर्णसहित कुल १३ पदक जितेको छ । आइतबारसम्म शीर्ष स्थानमा रहेको चीन तेस्रो स्थानमा झरेको छ । चीनले ६ स्वर्णसहित कुल १८ पदक जितेको छ ।
यस्तै दोस्रो स्थानमा उक्लिएको अमेरिकाले ७ स्वर्णसहित कुल १४ पदक जितेको छ ।
रसियन ओलम्पिक कमिटि ४ स्वर्णसहित कुल १२ पदक जितेर चौंथो स्थानमा रहदा ग्रेट ब्रिटेन ३ स्वर्णसहित कुल ७ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।
यस्तै दक्षिण कोरियाले ३ स्वर्ण जित्दा अष्ट्रेलिया र कोशोभोले २/२ स्वर्ण पदक जितेका छन् ।
नेपालबाट यस ओलम्पिकमा पाँच खेलाडीले सहभागिता जनाएका छन् । जसमा दुई खेलाडी बाहिरिसकेका छन् ।
अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी रहेको छ ।