काठमाडौं । सुटिङकी खेलाडी कल्पना परियारले अभ्यास पाएको खण्डमा अझ राम्रो नतिजा दिन सक्ने बताएकी छिन् ।
टोकियो ओलम्पिकमा शनिबार महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी कल्पनाले राम्रो ट्रेनिङ पाएको खण्डमा अझ राम्रो नतिजा दिन सक्ने बताइन् ।
टोकियो ओलम्पिक २०२० मा कल्पनाले छनोट चरणमा ६ सय १६ दशमलवल ८ अंंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
उनले आफ्नै नाममा भएको राष्ट्रिय कीर्तिमान भंग गरेकी हुन् । कल्पनाले १३ औं साग खेलकुदमा ६ सय १४ दशमलव ५ अंक जोड्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । उनी सागमा चौथो भएकी थिइन् ।
‘सागमा भन्दा धेरैनै राम्रो प्रर्दशन भयो ।’ खेलपछि कल्पनाले भनिन्, ‘ओलम्पिकमा अहिलेसम्मकै राम्रो खेल्न सके । अझ राम्रो अभ्यास पाए भने थप राम्रो गर्न सक्छु भन्ने लाग्छ ।’
कल्पना वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिक पुगेकी हुन् ।
राष्ट्रिय कीतिमान बनाउने क्रममा कल्पनाले पहिलो सिरिजमा १ सय २ दशमलव २, दोस्रोमा १ सय ५ दशमलव ४, तेस्रोमा १ सय १, चौथोमा १ सय ४ दशमलव १, पाँचौमा १ सय ३ दशमलव ४ र छैटौमा १ सय दशमलव ७ अंक जोडिन् ।
कल्पना फाइनल चरण पुग्न सकिनन् । ५० खेलाडी सम्मिलित विधामा उनी ४६ औं स्थानमा रहिन् ।