काठमाडौं । टाेकियो ओलम्पिक खेल्न जापान पुगेकी जुडोकी नेपाली खेलाडीले सोनिया भट्टले प्रशिक्षण सुरु गरेकी छिन् ।
तीन दिन अघि जापान पुगेकी भट्टले मंगलबार क्वारेन्टाइनको समय पुरा गरि अभ्यास सत्र सुरु गरेकी हुन् ।
आयोजकले जापान पुगेका खेलाडीलाई तीन दिनको क्वारेन्टिनको समय अनिवार्य गरेको छ ।
यस महिनाको सुरुवातमा जापान पुगेका पौडीका खेलाडीद्धय गौरिका सिंह र एलेक्जेन्डर शाहले अभ्यासलाई निरन्तरता दिईरहेका छन् ।
नेपालले टोकियो ओलम्पिकमा पौडी सहित जुडो, सुटिङ र एथलेटिक्समा सहभागीता जनाउँदैछ । एथलेटिक्स बाहेकका सबै खेलाडी टोकियो पुगिसकेका छन् । एथलेटिक्स खेलाडीको टिम जुलाइ २४ मा टोकियो उड्ने कार्यक्रम रहेको छ ।
यसैबीच नेपाली टिमका सेभ द मिसन रमेशकुमार सिलवाल मंगलबार पहिलो पटक सीडीएम बैठकमा भौतिक रुपमा उपस्थित भएका छन् । उनी यसअघि भर्चुअल रुपमा बैठकमा उपस्थित हुने गरेका थिए ।