ब्यायामशाला खुल्ला गर्न माग

काठमाडौं । ब्यायाम व्यवसायी संघले जिम तथा फिटनेस सेन्टर (ब्यायामशाला) खुल्ला गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
संघले मंगलबार ब्यायामशाला सुरक्षित तरिकाले खुलाउन माग गर्दै काठमाडौं जिल्ला प्रशासनलाई ज्ञापनपत्र बुझाएको हो ।
संघका अध्यक्ष सुरेश सुवेदीको नेतृत्वमा गएको टोलीले प्रशासनलाई ज्ञापनपत्र बुझाएको हो ।
संघले बुझाएको ज्ञापनपत्रमा लकडाउनपछि बन्द रहदा ब्यायामशाला संचालकहरु मारको परेको जनाएको छ ।
'काठमाडौं जिल्लामा मात्र करिब २५० वटा ब्यायामशालाहरु रहेको छ । गत वर्षको लकडाउनमा करिब १० महिना बन्द गर्नु परेको कारण र हालका दिनहरुमा पनि करिब तीन महिना देखि नेपाल सरकार द्वारा जारी गरिएको निषेधाज्ञाका कारण ब्यबसाय बन्द गर्नु परेकोले यस व्यवसायसंग आश्रित व्यवसायी, मजदुर, प्रशिक्षक, कर्मचारीहरु र सप्लिमेन्ट ब्यबसायिहरु बेरोजगार र पीडित हुनुपरेको अवस्था छ,' विज्ञप्तिमा भनिएको छ ।
संघले ब्यायामशाला रोग लाग्न नदिन र रोग नियन्त्रण गर्ने प्रमुख थलो भएकोले यस व्यवसायलाई अन्य व्यवसायसँग नजोड्न आग्रह समेत गरेको छ ।
'जसरी अस्पताल उपचार गर्ने स्थान हो भने जिम तथा हेल्थ क्लबहरू पनि रोग लाग्न नदिन र रोग नियन्त्रण गर्ने प्रमुख थलो भएकोले यस व्यवसायलाई डान्सबार, रात्रीकालिन ब्यबसाय, रेष्टुरेन्ट वा मनोरञ्जन स्थल संग तुलना गर्दै एउटै बर्गमा नराखि दिनु हुन यहाँ मार्फत ध्यानाकर्षण गराउँदै राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने नारा सार्थक बनाउन मद्दत गर्न हार्दिक अनुरोध गर्दछौं,' विज्ञप्तिमा भनिएको छ ।
संघले जिल्ला प्रशासन कार्यालयको पहलमा नेपाल सरकारबाट अनुमति पाएमा कोभिडको नियम र शर्तहरुको पूर्ण पालना गरी ब्यायामशाला सञ्चालन गर्न आफुहरु तयार रहेको समेत जनाएको छ ।







-1771251202949.avif&w=3840&q=75)






-1771470795575.webp&w=3840&q=75)
-1771470155413.webp&w=3840&q=75)