एजेन्सी । टोकियो ओलम्पिक खेलकुदका लागि जापान पुगेकी एक अमेरिकी जिम्न्यास्टिक खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
अमेरिकाको ओलम्पिक कमिटिले १८ वर्षिया कारा इकरलाई कोरोना देखिएको जनाएको छ ।
जापान पुगेर उनी इन्जाई सिटीमा तयारी गरिरहेका थिए । काराले दुई महिना अघि मात्र कोरोना खोप लगाएको बताईएको छ ।
कोरोना पोजेटिभ देखिएपछि कारालाई आईसोलेसनमा राखिएको छ । यस्तै काराको व्यक्तिगत प्रशिक्षक अल फोङलाई पनि आईसोलेसनमा राखिएको छ ।
कारा टोकियो ओलम्पिकमा अमेरिकाको वैकल्पिक खेलाडी हुन् । अमेरिकाले जिम्न्यास्टिकमा ४ वैकल्पिक खेलाडीलाई जापान पठाएको थियो ।
यस्तै चेक रिपब्लिकका बिच भलिबल टिमका ओन्द्रेजलाई पनि कोरोना भाईरसको संक्रमण देखिएको छ ।
यस अघि दक्षिण अफ्रीकाका दुई फुटबल खेलाडी र एक अफिसियललाई कोरोना देखिएको थियो ।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।
टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।