काठमाडौं । सातौं सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रम शाखा डोजो नक्सालको २२ वार्षिक उत्सवको अवसरमा प्रतियोगिता आयोजना भएको हो ।
प्रतियोगितामा नेपालको बिष्णुदेबी डोजो टिम च्याम्पियन बनेको छ । भारत टिम दोस्रो र बेलौरी नगरपालिका कन्चनपुर फेयर प्ले टिम र लालझाडी गाउपालिका कन्चनपुर अनुशासित टिम घोषित भएका छन् ।
प्रतियोगितामा पुरुषतर्फ भारतका प्रत्युस सिंह र महिलातर्फ नक्साल डोजो नेपालकी रश्मिता श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । नेपालकी दिलाशा श्रेष्ठ उदयमान खेलाडी बनिन् ।
विजेता खेलाडीहरुलाई प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य-सचिव रमेश कुमार सिलवाल,राष्ट्रिय खेलकुद परिषदका सदस्य पुरेन्द्र बिक्रम लाखे , महेश कुमार श्रेष्ठ,अन्तराष्ट्रिय निर्णायक राजेन्द्र कपाली, अन्तराष्ट्रिय निर्णायक महृश रन्जित, ओलम्पियन दिपक बिष्ट, आयोजक डोजोका अध्यक्ष गजेन्द्र बहादुर खपाङ्गी लगायतले पुरस्कृत गरे ।
कार्यक्रममा खेलकुद क्षेत्रमा योगदान पुर्याए बापत करातेका राजेन्द्र क्षेत्री, तेक्वान्दोका प्रशिक्षक मनोज खड्गी, सोतोकान करातेका निवाश गोपाल बैध,करातेका अन्तराष्ट्रिय निर्णायक राजेन्द्र कपाली ,करातेका राष्ट्रिय निर्णायक बद्री कुमार खत्री, नक्साल डोजोका संस्थापक सदस्य प्रमिला खपाङ्गी, सोमलाल बलामी ,राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु रश्मिता श्रेष्ठ, सोनम वलामी , आकाश पाल ,उमेश गुरुङ,दिलाशा श्रेष्ठलाई सम्मान-पत्रद्धारा सम्मान गरिएको थियो ।