काठमाडौं । राष्ट्रिय महिला भलिबल टिमको व्यवस्थापकको जिम्मेवारी ज्योती केसीलाई दिईएको छ ।
नेपाल भलिबल संघको शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले केसीलाई महिला टिमको व्यवस्थापकको जिम्मेवारी दिएको हो ।
केसी नेपाल भलिबल संघकी केन्द्रिय सदस्य समेत हुन् ।
बैठकले उपाध्यक्ष निरोज मास्केले व्यवस्थापक पदबाट दिएको राजीनामा स्विकृत गर्दै केसीलाई नयाँ जिम्मेवारी दिएको हो ।
घरायासी कारण उल्लेख गर्दै मास्केले व्यवस्थापकबाट राजीनामा दिएकी थिईन् ।
राष्ट्रिय महिला भलिबल टिमले अर्को महिना फिलिपिन्समा एसियन महिला भलिबल च्याम्पियनसिप खेल्दैछ ।
नेपालले एसियाली सिनियर महिला च्याम्पियनसिप पहिलो पटक खेल्न लागेको हो । प्रतियोगिताको तयारीका लागि महिला टिम बन्द प्रशिक्षणमा रहेको छ ।
शनिबार मात्र सचिव मानवीर छन्त्याल नेतृत्वको छनोट समितिले प्रारम्भिक ३० खेलाडीबाट ९ खेलाडीलाई बाहिर राख्दै १८ सदस्यीय खेलाडी छनोट गरेको छ ।
छन्त्याल नेतृत्वको ७ सदस्यीय समितिले केही दिनमा अन्तिम १४ सदस्यीय खेलाडी समेत छनोट गर्नेछ ।