काठमाडौं । एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि बन्द प्रशिक्षणमा रहेको महिला भलिबल टिमबाट ९ खेलाडी बाहिरिएका छन् ।
पहिलो चरणको बन्द प्रशिक्षणपछि २७ खेलाडीबाट ९ खेलाडी बाहिरिएका हुन् ।
नेपाल भलिबल संघले दोस्रो चरणमा ९ खेलाडी टिम बाहिर राख्दै १८ सदस्सीय टिमको छनोट गरेको हो ।
मनवीर छन्त्यालको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिको सिफारिसमा संघले १८ खेलाडी छनोट गरेको हो ।
फिलिपिन्समा आयोजना हुने च्याम्पियनसिपका लागि नेपाली टिमले असार १ बाट प्रशिक्षण सुरु गरेको थियो ।
संघले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । तर, नेपाल पुलिस क्लब तीन खेलाडी अनुपस्थित रहेका थिए ।
एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ । प्रतियोगितामा नेपाल सहित आयोजक फिलिपिन्स, जापान, थाइल्याण्ड, कोरिया, काजकिस्तान, ताईवान, इरान, अष्ट्रेलिया, भारत, नेपाल, उज्वेकिस्तान, हङकङले सहभागिता जनाउनेछन् ।
१८ सदस्सीय नेपाली टिम –
मनिषा चौधरी, कविता भट्ट,उषा विष्ट, सोफिया पुन, सुनिता खड्का, रेश्मा भण्डारी, लक्ष्मी चन्द, रिया कुँवर, अरुणा शाही, कृपा अधिकारी, जानकी भण्डारी, प्रतिभा माली, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सरस्वती चौधरी, सरस्वती जैशी, सलिना श्रेष्ठ