काठमाडौं । मिनु गुरुङ र सन्जुमाया थिङ आईवा विश्व महिला बक्सिङ प्रतियोगिताका लागि भएको छनोट खेलको सेमिफाईनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसर,बक्सिङ ट्रेनिङ सेन्टरमा भएको छनोट खेलमा ५१ केजी तौल समूहमा नेपाल आर्मीकी मिनुले एपीएफकी माला राईलाई अंकको आधारमा ४–१ ले हराउदै सेमिफाईनलमा प्रवेश गरेकी हुन् ।
त्यस्तै ५१ केजी तौल समूहमै मकवानपुरकी सन्जुले ललितपुरकी मनिला राईलाई अंकको आधारमा ५–० को स्कोरमा स्तब्ध पारिन् ।
छनोट अन्तर्गत ६० केजीमा आर्मीकी पुनम रावल र एपीएफकी संगिता सुनार सिधै फाईनलमा पुगेका छन् ।
भारतको दिल्लीमा हुने प्रतियोगिताको छनोट खेलमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले,बक्सिङका भिस्मपितामह सुरेश सिंह आलेलगायतको उपस्थिति रहेको थियो ।