बिहिबार, २८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलाडीलाई लिएर प्रशिक्षक र म्यानेजरको नोक–झोक !

बिहिबार, १० असार २०७८खेलपाटी संवाददाता
खेलाडीलाई लिएर प्रशिक्षक र म्यानेजरको नोक–झोक !
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक अनन्त राज थापाले बिहीबार बिहानै आफ्ना खेलाडी राष्ट्रिय टोलीमा नपरेको विषयमा टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायलाई सोधेको र लगत्तै उपाध्यायले आफुलाई फेसबुकमा ‘ब्लक’ गरेको पोष्ट सार्वजनिक गरे ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नेपाल आगमनसँगै आफ्ना नियमित खेलाडी र केही अन्य खेलाडी समेत प्रारम्भिक टोलीमा नपरेपछि पुलिस प्रशिक्षक अनन्त थापाले व्यवस्थापक उपाध्यायसंग  बुझ्दै आएका थिए । तर प्रश्नको उत्तर नआएर सामाजिक सञ्जाल फेसबुकमै ‘ब्लक’ खानपरेपछि प्रशिक्षक थापाले विवाद बाहिर ल्याए ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपका लागि गत हप्ता ५० खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाए । जसमा फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग खेलेका र केही प्रतियोगिताबाट बाहिर रहेका खेलाडी टोलीमा परे ।

एनएसएलमा पोखरा थण्डर्स र ए डिभिजन लिगमा पुलिस क्लबबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका अजित भण्डारी प्रारम्भिक छनोटमै नपरेपछि प्रशिक्षक थापाले प्रश्न गरेका थिए ।

No description available.

यसअघि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनको दुई वर्षे नेपाल बसाईमा प्राय प्लेईङ सेटमा खेल्दै आएका अजित कुवेती प्रशिक्षकको आगमनसँगै टोली बाहिर रहन पुगेका छन् ।

स्विडिस प्रशिक्षक कालिन आफ्नो पहिलो विदेश भ्रमण कुवेतबाट सुरु गरेका थिए । जसमा दुई मैत्रिपूर्ण खेल खेलाएका उनले अजितलाई प्लेईङ सेटमै डेब्यु गराएका थिए । अजित त्यसयता कालिनले खेलाएको ११ आधिकारीक खेलमा ७ क्याप जितेका छन् । बाँकी एक खेलमा इन्जुरी भए । अन्य खेलमा बेन्चमा रह ।

चैतमा नेपाल झरेका कतारी प्रशिक्षक अब्दुल्लाहले प्रारम्भिक टोलीमा अजितलाई टोली बाहिर राखे । तत्कालिन समय रवि पासवान, संजोक राई, निरज बस्नेत, तेज तामाङ लगायत खेलाडी किन टोलीमा नपरेको भनेर स्पष्टिकरण दिएका अब्दुल्लाहले अजितको बिषयमा भने केही बोलेनन् ।

पुलिसका प्रशिक्षक अनन्त थापाले आफ्ना केही खेलाडी राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा परेपनि नियमित खेलिरहेका खेलाडीलाई प्रारम्भिक छनोटमै नबोलाएपछि आफुले ब्यवस्थापक उपाध्यायलाई सोधेको र उनीबाट कुनै पनि उत्तर नआएको र अन्तिममा फेसबुकमै ‘ब्लक’ खान परेको बताए ।

‘यसअघिकै छनोटबाट किन हाम्रो खेलाडी परेन भनेर सोधेको थिए । अन्तिम २३ को कुरा गरेको हैन, त्यो भनेको कोचको हातको कुरा हो । तर यसअघि प्लेईङ सेटबाटै खेल्दै आएको क्लबको खेलाडी प्रारम्भिक ५० मै नपर्नुमा मेरो प्रश्न हो । किन परेन ? के गल्ती भयो ? त्यो त थाहा हुन पर्याे नी ?’ प्रशिक्षक थापाले भने ।

उनले व्यवस्थापक उपाध्यायले पूर्वाग्रही हिसाबमा खेलाडीलाई टोली बाहिर राख्ने गरेको समेत आरोप लगाए ।

‘यसअघि समेत मेरो र उहाँको गफ भएको थियो । उहाँमा नेपाल पुलिस क्लबभित्र इगो छ । सोही कारण पनि खेलाडीलाई पूर्वाग्रही हिसाबले छनोटमा नबोलाएका हो ।’ थापाले भने ।

व्यवस्थापक उपाध्यायले भने ‘ब्लक’ गर्ने या नगर्ने आफ्नो नीजि कुरा रहेको बताए ।

‘मैले कसैलाई ब्लक गरौं या नगरौं यो मेरो कुरा हो ।’ एन्फा केन्द्रिय सदस्य उपाध्यायले भने ।

उपाध्यायले कुन खेलाडीलाई अभ्यासमा बोलाउने, कुनलाई नबोलाउने भनेर आफुले त्यो निर्णय लिने नभएको, जसको निर्णय टेक्निकल टिम, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र गोलरक्षक प्रशिक्षकको हातमा रहेको बताउँदै खेलाडीको व्यवस्थापनमा कुनै कमीकमजोरी भए÷नभएको आफुले हेर्ने बताए ।

‘राष्ट्रिय टोलीमा कुन खेलाडी बोलाउने, कुन नबोलाउने त्यो मेरो विषय हैन । त्यो सबै टेक्निकल टिम र कोच स्टाफले हेर्छ । मेरो काम भनेको ५० खेलाडीको व्यवस्थापन भयो कि भएन, त्यो हेर्न हो ।’ उपाध्यायले भने ।

तपाईले खेलाडीलाई पूर्वाग्रही हिसाबले हेर्नु भयो रे नी ? भन्ने प्रश्नमा भने उपाध्यायले के पूर्वाग्रही भनेको ? त्यो थापालाईनै सोध्नु ।

राष्ट्रिय टिमको प्रारम्भिक प्रशिक्षणमा आफ्ना खेलाडी परेपछि पछिल्लो समय प्रशिक्षकहरुले असन्तुष्टि ब्यक्त गर्न थालेका छन् । खेलाडी छनोटको सम्पुर्ण अधिकार मुख्य प्रशिक्षकसंग रहने भएपनि एन्फाका पदाधिकारीसंग आफ्ना खेलाडी राख्न दबाब दिने क्लबका प्रशिक्षकको सूचि लामै छ ।

एक समय एन्फा पदाधिकारीमाथि राष्ट्रिय टिममा आफ्ना खेलाडी समावेश गर्न हस्तक्षप गरेको आरोप लाग्ने गरेको थियो । तर पछिल्लो समय क्लबका प्रशिक्षकनै आफ्ना खेलाडीको विषयलाई लिएर सार्वजनीक विरोधमा उत्रन थालेका छन् ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 मेस्सीले दिए सन्न्यासको संकेत

मेस्सीले दिए सन्न्यासको संकेत

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी