काठमाडौं । एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपबाट ५ देशले नाम फिर्ता लिएका छन् ।
एसियन भलिबल महासंघका अनुसार प्रतियोगिताबाट ५ देशले नाम फिर्ता लिएका हुन् ।
प्रतियोगिताबाट चीन, इन्डाेनेसिया, श्रीलंका, भियतनाम र न्युजिल्याण्डले नाम फिर्ता लिएका हुन् । प्रतियोगितामा अब नेपाल सहित आयोजक फिलिपिन्स, जापान, थाइल्याण्ड, कोरिया, काजकिस्तान, ताईवान, इरान, अष्ट्रेलिया, भारत, नेपाल, उज्वेकिस्तान, हङकङले सहभागीता जनाउनेछन् ।
यसअघि एभीसीले १७ वटा देशले प्रतियोगितामा सहभागीता जनाउने बताएको थियो । तर ५ देशले नाम फिर्ता लिएपछि प्रतियोगिता खेल्ने देशको संख्या १२ पुगेको छ ।
यसअघि प्रतियोगिता चीनमा हुने तय भएको थियो । चीनले आयोजकको रुपमा नाम फिर्ता लिएपछि प्रतियोगिता फिलिपिन्स सरेको छ । प्रतियोगिता अगष्ट २९ देखि सेप्टेम्ब ५ सम्म सञ्चालन हुँदैछ ।
आयोजक सहित शीर्ष वरियताका १० राष्ट्रले प्रतियोगितामा सिधै सहभागीता जनाउन पाउछन् । त्यसपछि वेस्ट एसिया, सेन्ट्रल एसिया, इस्ट एसिया, साउथ इस्ट एसिया र ओसियाका ५ राष्ट्र प्रतियोगिताका लागि छनोट हुने व्यवस्था छ ।
बंगलादेशमा सम्पन्न पछिल्लो संस्करणको एभीसी सेन्ट्रल जोन महिला च्याम्पियनसिपको उपाधि हात पारेपछि नेपालले एसियन च्याम्पियनसिपमा सहभागीता जनाउने निर्णय गरेकाे थियाे ।
नेपालले पहिलो पटक प्रतियोगितामा सहभागीता जनाउने तयारी गरेको छ । एसियन च्याम्पियनसिको तयारी स्वरुप नेपालको महिला टिमले बन्द प्रशिक्षण सुरु गरिसकेको छ ।