एजेन्सी । सर्बियाका महिला भलिबल खेलाडी सान्जा जुर्जेभिचलाई दुई खेलको प्रतिबन्ध लागेको छ ।
अन्तराष्ट्रिय भलिबल फेडेरेसनले 'रेसिस्ट' रंगभेदीय इशारा गरेको भन्दै सान्जालाई दुई खेलको प्रतिबन्ध लगाएको हो ।
थाइल्याण्डविरुद्धको खेलमा सान्जाले रेसिस्ट इशारा गरेको बताईएको छ ।
अब उनले बेल्जियम र क्यानडासँगको खेल गुमाउने छिन् ।
घटनापछि सर्बियाको भलिबल फेडेरेसनले माफी मागेको छ ।
यस्तै फेडेरेसनलाई २० हजार स्विस फ्रान्क जरिवाना समेत गरिएको छ ।