काठमाडौं । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले लागुऔषधसहित पक्राउ परेका सदस्य अनुप श्रेष्ठलाई निलम्बन गरेको छ ।
जावलाखेलले मंगलबार केन्द्रिय सदस्य अनुपलाई सदस्य पदबाट निलम्बन गरिएको जनाएको छ ।
जावलाखेल भलिबल टिममा म्यानेजर समेत रहेका अनुपलाई लागुऔषधसहित पक्राउ गरि सोमबार प्रहरीले सार्वजनिक गरेको थियो ।
प्रहरीले उनलाई कुमारीपाटीबाट पक्राउ गरिएको बताएको छ ।
अनुपलाई ५० ग्राम लागुऔषध (एम मेथावाईन) सहित रंगे हात पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिएका थिए ।
प्रहरीले अनुपको कोठाबाठ ५० ग्राम अवैध लागुऔषधसहित जोख्ने डिजिटल तराजु, अन्य केही लागुऔषध र ५० हजार रुपैयाँ बरामद गरेको जनाएको थियो ।