काठमाण्डौं । युएईमा आयोजना हुने एसियन बक्सिङ च्याम्पियनसिपमा नेपालको सहभगिता न्यून बनेको छ ।
कोरोना भाईरसको महामारीको कारण हवाई उडान ठप्प हुँदा नेपाली टोलीको सहभागिता न्यून बनेको हो ।
नेपाल बक्सिङ संघले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै युएईको दुबईमा आयोजना हुने प्रतियोगितामा नेपालको सहभागिता न्यून भएको जनाएको छ ।
संघले प्रतियोगितामा सहभागिताको लागि चार्टर फ्लाइटको प्रयास गरिरहेको तर सफल हुन् नसकिरहेको जनाएको छ ।
प्रतियोगिताको लागि संघले ५ पुरुष र २ महिला गरि ७ खेलाडी छनोट गरिसकेको छ ।
नेपाली टिमले तयारी समेत गरिरहेको थियो ।
यस प्रतियोगिता खेलाडीको वरीयता सुधारको लागि महत्वपूर्ण रहेको संघले जनाएको छ ।
यस अघि यस प्रतियोगिता भारतको नयाँ दिल्लीमा मे २१ देखि ३१ सम्म संचालन हुने तालिका रहेको थियो ।
तर, कोरोना महामारीको कारण प्रतियोगिता दुबईमा सारिएको थियो ।
प्रतियोगिता मे २४ देखि ३१ सम्म हुनेछ ।