एजेन्सी । दुई बेलायती बक्सर टाइसन फुरी र एन्थोनी जोसुवा बक्सिङ रिङमा उत्रने भएका छन् ।
दुई पटकको वर्ल्ड हेविवेट च्याम्पियन फुरीले सामाजिक संजालबाट जोसुवासँग प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।
३२ वर्षीय फुरीले दुई पटकको युनिफाइड वर्ल्ड हेविवेट च्याम्पियन जोसुवासँग अगस्ट १४ मा साउदी अरेबियामा प्रतिस्पर्धा गर्ने बताएका छन् ।
'मैले ठुलो समाचार पाएँ । भर्खरै साउदी अरेबियाका प्रिन्स खालिदसँग फोनमा कुरा भएको छ र उनले मलाई भने कि यो भिडन्त अगस्ट १४ मा १०० प्रतिशत हुन्छ,' फुरीले भनेका छन्, 'विश्वका नजर साउदी अरबमा हुनेछ । म प्रतिक्षा गर्न सक्दिन । ठुलो स्टेजमा एन्थोनी जोसुवालाई प्रहार गर्न म कुर्न सक्दिन ।'
फुरी गत वर्ष दोस्रो पटक वर्ल्ड हेविवेट च्याम्पियनसिप जितेका थिए ।
अमेरिकाको लस भेगासमा अमेरिकी बक्सर डिओन्टे विल्डरलाई हराउँदै फुरी हेविवेट च्याम्पियन बनेका हुन् ।
फुरी र जोसुवा पहिलो पटक भिड्न लागेका हुन् ।