काठमाडौं । नेपालकी सुष्मा तामाङ पोल्याण्डमा जारी आईबा युथ मेन्स एन्ड वुमन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।
शनिबार भएको प्रिलिमिनरी बक्सिङ बाउट लाइट फ्लाइट वेट ४८ केजी तौल समूहमा सुष्माले क्वाटरफाइनलको यात्रा तय गरेकी हुन् ।
सुष्माले लिथुआनियाकी बजाल्याते डिजालाई तेस्रो राउन्डमा आरएसीको आधारमा पराजित गरिन् । विपक्षी खेलाडीविरुद्ध पहिलो राउण्डबाटै आक्रमक बनेकी सुष्माले दोस्रो राउण्डमा अझै उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।
तेस्रो राउण्डमा सुष्माको कडा प्रहारले लुथियानाकी बक्सरलाई रेफ्रीले दुईपटक काउण्ट दिदै खेल नै स्थगित गर्दै उनलाई आरएससीको आधारमा विजयी घोषित गरेका थिए ।
सुष्माले अब पोल्याण्डकी खेलाडी कुजेत्स्का नातालिया डोमिल्कासँग प्रतिस्पर्धा गर्नेछिन् । सुष्माले उक्त खेल जितेमा नेपालले आईबा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक पदक जित्नेछ ।
सुष्माको यस जित आईबा युथ वर्ल्ड च्याम्पियनसिपमा नेपालको ऐतिहासिक जित रहेको बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जानकारी गराए ।