काठमाडौं । शुक्र बहादुर राईले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।
पोखराको हिमालयन गल्फ कोर्समा बिहीबार सुवास तामाङलाई ५ स्ट्रोक्सले पछि पार्दै शुक्रले उपाधि जितेका हुन् ।
अन्तिम दिन दुई अन्डर ६७ स्कोर बनाएका शुक्रले कुल ६ अन्डर २०१ स्कोर बनाए ।
उपाधिसँगै शुक्रले १ लाख ३० हजार नगद पुरस्कार प्राप्त गरे ।
एमेच्योर खेलाडी सुवासले कुल एक अन्डर २ सय ६ स्कोर बनाए ।
भुवन नगरकोटी र संजय लामाले संयुक्त इभन पार २ सय ७ स्कोर बनाए । दुबैले समान ७२ हजार प्राप्त गरे ।
बल बहादुर राईले ७ ओभर २ सय १४ स्कोरसहित चौंथो स्थान हासिल गरे । उनले ५० हजार प्राप्त गरे ।
विनोद तामाङ पाँचौ हुँदै ४२ हजार प्राप्त गरे । छैटौं भएका भुवन कुमार रोक्काले ३७ हजार ५ सय पाए ।
प्रतियोगितामा ३७ प्रोफेसनल र १४ एमेच्योर गरि ५१ गल्फरको सहभागिता रहेको छ ।