आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Loading ad...
Bhat Bhateni Supermarket Ad

विद्यालयस्तरीय गल्फ खेल सुरु गर्दै राजर्षि गुरुकूल

शुक्रबार, २० चैत्र २०७७खेलपाटी संवाददाता
विद्यालयस्तरीय गल्फ खेल सुरु गर्दै राजर्षि गुरुकूल
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालमा पहिलो पटक स्कुल स्तरमा गल्फ प्रतियोगिताको सुरुवात भएको छ । राजर्षि गुरुकूल स्कुलले स्कुल स्तरमा नै गल्फको प्रतियोगिता सुरु गरेको छ ।

जसलाई नेपालका चर्चित गल्फ खेलाडी प्रदीपकुमार श्रेष्ठले उद्घाटन गरे । सो विद्यालयले विद्यार्थीहरुमा रहेको प्रतिभालाई उजागर गर्न विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आएको छ । जसमा गल्फपनि एक रहेको छ ।

यसैको निरन्तरता र विकासको सिलसिलामा “स्वस्थ जीवनको लागि खेलकुद र असल शिक्षाको लागि स्वस्थ शरीर” भन्ने आदर्श वाक्यलाई मध्यनजर राखी यो विद्यालयले खेलकुदलाई पनि जोड दिएको छ । जसमा स्विमिङ, हकी, क्रिकेट, फूटबल, बास्केटबल, स्केटिङ लगायतका खेलकुद क्रियाकलापहरु विगत वर्षहरुदेखि नै गर्दै आएकोमा यस वर्षदेखि गल्फ खेलको पनि शुरुवात गरिएको हो  ।

गल्फ खेलको प्रारम्भ गर्दै प्रमुख अतिथि श्रेष्ठले विद्यालयले गरेको यो खेलको शुरुवातले विद्यार्थीहरुमा अन्तरनिहित रहेको प्रतिभालाई प्रस्फुटन गर्न र विद्यार्थीहरुको शारीरिक, मानसिक, बौद्धिक र संवेगात्मक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए । गल्फ खेलमा इच्छुक खेलाडीहरुलाई आवश्यक प्रशिक्षण र अन्य सहयोग गर्न आफू तत्पर रहेको बताउँदै यस खेललाई आउटडोरतर्फ विकास गर्ने बताइएको छ ।

विद्यालयका अध्यक्ष श्री राजेश चौधरीले विद्यालयले विद्यार्थीहरुको चौतर्फी विकासको लागि निरन्तर प्रयास गरिरहेको र यस कार्यमा सबै पक्षबाट यथोचित सहयोग र सद्भाव कायम रहेको जानकारी दिनुभयो । आगामी दिनमा अभिभावक र विद्यार्थीहरुको हितको लागि थप कार्यक्रमहरु संचालन गर्ने योजना रहेको बताए ।

अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुदको क्षेत्रमा गल्फ खेलको शुरुवात गरेर विद्यालयले एउटा फड्को मारेको कुरा बताउँदै आगामी दिनहरुमा पनि यस किसिमका गतिविधि थप गर्दै लैजाने बताए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता