बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Bhat Bhateni Supermarket Ad

दीपक, मन्डे र आर्यन सम्मानित

शनिबार, चैत १४, २०७७खेलपाटी संवाददाता
दीपक, मन्डे र आर्यन सम्मानित
Classic Tech Internet Ad

काठमाडौं । करातेका दीपक श्रेष्ठ, मन्डेकाजी श्रेष्ठ र आर्यन रन्जित शनिबार सम्मानित भएका छन् ।

चौथो जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगिताको समापनका अवसरमा आयोजक नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजोले उनीहरुलाई सम्मान गरेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र आयोजक छाउनी डोजोका अध्यक्ष महेश रन्जितले उनीहरुलाई एक कार्यक्रमबीच सम्मान गरे । मन्डे र आर्यनलाई प्रशंसा पत्रसहित माउन्टेन बाइक प्रदान गरियो । दीपक प्रशंसा पत्रबाट सम्मानित भए ।

दीपक आठौं र नवौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् । मन्डेले १३ औं सागमा दोहोरो स्वर्ण जितेका थिए । सागको एकै संस्करणमा दोहोरो स्वर्ण जित्ने मन्डे एक्लो नेपाली कराते खेलाडी हुन् । जुनियर खेलाडी आर्यन विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता हुन् ।

सोही अवसरमा करातेकर्मी साइला गमाल, बसन्तराज वाइबा र सिर्जना अधिकारी, सांसद विमल केडिया तथा समाजसेवी सुचित्रा श्रेष्ठ पनि सम्मानित भए ।

केन्द्रीय डोजो दबदबा 

चौथो जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगितामा केन्द्रीय डोजोको दबदबा रह्यो । टिम च्याम्पियनको उपाधि जितेको केन्द्रीय डोजोले उत्कृष्ट पुरुष÷महिला र प्रशिक्षकको उपाधिमाथि पनि कब्जा जमायो ।

प्रतियोगितामा १० स्वर्ण, ४ रजत र ५ कांस्यसाथ केन्द्रीय डोजो टिम च्याम्पियन बन्यो । ४ स्वर्ण, १ रजत र १ कांस्यसाथ इचङगु नारायण डोजो दोश्रो तथा ३ स्वर्ण, ३ रजत र ५ कांस्यसाथ नरहरिपुर डोजो तेश्रो भए । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाए ।

पुरुषमा एओन गहतराज तथा महिलामा रोजिता ढुंगेल उत्कृष्ट खेलाडी घोषित भए । दुवै केन्द्रीय डोजोका खेलाडी हुन् । केन्द्रीय डोजोकै साइला गमाल उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्टत्रयले पुरस्कार स्वरुप माउन्टेन बाइक पाए । सञ्जय रन्जित उत्कृष्ट निर्णायक ठहरिए । उनले ५ हजार नगद पुरस्कार हात पारे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको दुईदिने प्रतियोगितामा २ सय ५० खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरेका  थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एरिका सम्मानित

एरिका सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

 एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

Bajaj Pulsar Motorcycle Ad
रोहनको २ गोलसँगै सलहेश फाइनलमा

रोहनको २ गोलसँगै सलहेश फाइनलमा

नेपालले युएई भ्रमणमा चारवटै खेल  हार्‍यो

नेपालले युएई भ्रमणमा चारवटै खेल हार्‍यो

सडकमा उत्रिँदै फुटबल खेलाडी !

सडकमा उत्रिँदै फुटबल खेलाडी !

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

चित्लाङको विजयी सुरुआत

चित्लाङको विजयी सुरुआत

छोराले गर्दा रोनाल्डोले आफ्नी प्रेमिकासँग बिहेको प्रस्ताब राखे !

छोराले गर्दा रोनाल्डोले आफ्नी प्रेमिकासँग बिहेको प्रस्ताब राखे !

एट्लेटिकोको प्रभावशाली जित

एट्लेटिकोको प्रभावशाली जित

 डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल