काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गत धरान ओपन गल्फको दोस्रो दिन नेपालका नम्बर एक भुवन नगरकोटीले अग्रता कायम राखेका छन् ।
धरानस्थित निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा बिहीबार एक अन्डर ६९ स्कोर बनाएका भुवनले कुल ४ अन्डर १ सय ३६ स्कोरसहित अग्रता बनाएका हुन् ।
भुवनले शुक्र बहादुर राई र निरज तामाङमाथि एक स्ट्रोकको अग्रता बनाएका हुन् । शुक्र र निरजले ३ अन्डर १ सय ३७ स्कोर बनाए ।
संजय लामाले एक ओभर १ सय ४१ स्कोर बनाए । रामे मगर र बल बहादुर राईले २ ओभर १ सय ४२ स्कोर जोडेका छन् ।
दुई दिने प्रतियोगिता ५४ होलको स्ट्रोक प्ले फर्म्याटमा भईरहेको छ ।
प्रतियोगितामा ३२ व्यवसायिक खेलाडीको सहभागिता रहेको छ ।
विजेताले ९० हजार पाउने छन् । यस्तै उपविजेताले ५५ हजार, तेस्रोले ४१ हजार र अन्य शीर्ष २१ मा रहने खेलाडीले समेत पुरस्कार पाउने छन् ।