काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गत धरान ओपन गल्फको पहिलो दिन नेपालका नम्बर एक भुवन नगरकोटी र निरज तामाङले संयुक्त अग्रता बनाएका छन् ।
धरानस्थित निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्ट बुधबार भुवन र निरजले तीन अन्डर ६७ स्कोर बनाए ।
यस्तै बलभद्र राई, शुक्र बहादुर राई र जयराम श्रेष्ठले इभन पार ७० स्कोर बनाए ।
सुर्य प्रसाद शर्मा एक ओभर ७१ स्कोर जोड्दा दिपक आचार्य, संजय लामा, कृष्ण मान राजबाहक र एमेच्योर खेलाडी युवराज भुजेलले २ ओभर ७२ स्कोर बनाए ।
दुई दिने प्रतियोगिता ५४ होलको स्ट्रोक प्ले फर्म्याटमा हुनेछ ।
प्रतियोगितामा ३२ व्यवसायिक खेलाडीको सहभागिता रहेको छ ।
विजेताले ९० हजार पाउने छन् । यस्तै उपविजेताले ५५ हजार, तेस्रोले ४१ हजार र अन्य शीर्ष २१ मा रहने खेलाडीले समेत पुरस्कार पाउने छन् ।