काठमाण्डौं । प्रथम साराङ्गे छहारी कप पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन मैदानमा शनिबार भएको लिग चरणको अन्तिम खेलहरु अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।
प्रतियोगितामा समूह 'ए' बाट आयोजक रातो समूह विजेता र चन्द्र सुर्य ब्लक उधोग उपविजेता बन्दै अन्तिम आठमा पुग्यो ।
समूह 'बी' बाट न्युटन स्कुल विजेता र स्प्रिङगल स्कुल उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ ।
समूह 'सी' बाट गल्कोट बाग्लुङ्ग विजेता र राइजिङ युथ उपविजेता तथा समूह 'डी' बाट मणिमुकुन्द विजेता र द गोर्खा उपविजेता बन्दै अन्तिम आठमा पुगेको छ ।
अब क्वाटरफाइनलमा आयोजक रातोले राइजिङसँग खेल्दा न्युटनले गोर्खासँग खेल्नेछ ।
त्यस्तै गल्कोटले चन्द्र सुर्य तथा मणिमुकुन्दले स्प्रिङगलसँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै, उपविजेताले ६१ हजार १ सय ११ प्राप्त गर्दा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै, प्रतियोगिताको उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट क्विकर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी र उत्कृष्ट लिफ्टरले २५ सय प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट प्रशिक्षकले ३ हजार प्राप्त गर्नेछन् ।