काठमाण्डौं । भारतमा आयोजना हुने एसियन बक्सिङ च्याम्पियनसिपमा नेपालले सहभगिता जनाउने भएको छ ।
नेपाल बक्सिङ संघले नयाँ दिल्लीमा आगामी मे २१ देखि ३१ सम्म संचालन हुने च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने जनाएको छ ।
एसियन बक्सिङ कन्फेडेरेशन अन्तर्गतको यस प्रतियोगिता एशियाकै सबैभन्दा ठुलो प्रतियोगिताको रुपमा रहेको छ ।
संघले महिला तथा पुरुष खेलाडी छनोटका लागि मुख्य प्रशिक्षक प्रकाश थापामगरको संयोजकत्वमा ५ सदस्य छनोट समिति गठन गरेको छ ।
१९ वर्ष देखि ४० वर्ष सम्मका खेलाडीहरु छनोट प्रक्रियामा सहभागि हुन पाउने संघले जनाएको छ ।
छनोट चैत २९–३१ गते सम्म सातदोबाटोस्थित बक्सिङ हलमा हुनेछ ।