काठमाण्डौं । मणिमुकुन्द भलिबल क्लब र गल्कोट बाग्लुङ्गले प्रथम साराङ्गे छहारी कप पुरुष भलिबल प्रतियोगितामा जित निकालेका छन् ।
काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन मैदानमा शुक्रबार मणिमुकुन्दले ढोरपाटन क्लबलाई २५-१९ र २८-२६ ले पराजित गरेको छ ।
यस्तै गल्कोटले आरजी ग्रुपलाई २५-२२ र २५-१९ ले पराजित गरेको हो ।
आयोजक रातोले नौकुण्ड रसुवालाई २५-११ र २५-२३ ले पराजित गर्दा राइजिङ युथले आरआर कलेजलाई २५-१८ र २५-२३ ले हराएको छ ।
गल्याङ स्याङ्गजाले कागेश्वरी नगरपालिकालाई २५-१८ र २५-२२ ले हराउँदा न्युटन स्कुलले स्प्रिङगल स्कुललाई २५-१५ र २५-२३ ले हराएको छ ।
बिहाडी गाउपालिका पर्वतले लोक दोहारी प्रतिष्ठानलाई २५-१४ र २५-१५ ले, चन्द्र सुर्य ब्लक उधोगले नौकुण्डलाई २५-१२ र २५-२३ ले र द गोर्खाज युनाईटेडले कागेश्वरीलाई २७-२५ र २५-१० ले हराएको छ ।
२० टोली सहभागी प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै, उपविजेताले ६१ हजार १ सय ११ प्राप्त गर्दा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै, प्रतियोगिताको उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट क्विकर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी र उत्कृष्ट लिफ्टरले २५ सय प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट प्रशिक्षकले ३ हजार प्राप्त गर्नेछन् ।