काठमाण्डौं । आयोजकको निलो टिमले प्रथम साराङ्गे छहारी कप पुरुष भलिबल प्रतियोगितामा जित निकालेको छ ।
काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन मैदानमा बिहीबार आयोजक निलोले न्युटन स्कुललाई पराजित गरेको हो ।
आयोजक निलोले न्युटनमाथि २५-२२ र २५-२० को सेटमा जित निकालेको हो ।
आयोजक रातोले पन्चकन्या नुवाकोटलाई २५-१० र २७-२५ ले पराजित गर्यो ।
यस्तै मणिमुकुन्दले एक खेलमा जित र एक खेलमा हार व्यहोरेको छ ।
पहिलो खेलमा मणिमुकुन्द गल्याङसँग २५-२२,२१-२५ र १६-१९ ले पराजित भयो ।
दोस्रो खेलमा मणिमुकुन्दले गोर्खा युनाईटेडलाई २५-१६ र २५-२१ ले हराएको छ ।
चन्द्र सुर्य उद्योगले पन्चकन्यालाई २५-१५ र २५-१६ ले पराजित गर्दा गल्कोटले त्रिभुवन एयरपोर्टलाई २५-१६ र २५-२० ले हराएको छ ।
अर्को खेलमा स्प्रिङ्गलले राष्ट्रिय लोकदोहरीलाई २५-१६ र २५-२० ले पराजित गर्दा गल्याङले ढोरपाटनलाई २५-२२ र २५-२१ ले पराजित गरेको छ ।
२० टोली सहभागी प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै, उपविजेताले ६१ हजार १ सय ११ प्राप्त गर्दा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै, प्रतियोगिताको उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट क्विकर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी र उत्कृष्ट लिफ्टरले २५ सय प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट प्रशिक्षकले ३ हजार प्राप्त गर्नेछन् ।