काठमाडौं । ढोरपाटन क्लबको आयोजनामा भलिबलको बेसिक लेभल वान कोचेज कोर्ष सुरु भएको छ ।
नेपाल भलिबल संघको सहयोगमा बिहीबारबाट लेभल वान कोर्ष सुरु भएको हो ।
कोर्षमा २६ जिल्लाबाट ५० जनाको सहभागिता रहेको छ ।
कोर्षमा सहभागीलाई कोर्षका डिरेक्टर कपिल किशोर श्रेष्ठको नेतृत्वमा उत्सव खड्का र अन्तर्राष्ट्रिय रेफ्री कुल बहादुर रानाले प्रशिक्षण दिनेछन् ।
भलिबलमा विकास गर्ने उद्देश्यले कोर्षको आयोजना गरिएको ढोरपाटनका अध्यक्ष मनवीर छन्त्यालले बताए ।
‘भलिबल विकासको लागि रेफ्री, प्रशिक्षक हुनु पर्छ । भलिबलमा नयाँ जनशक्ति उत्पादन गर्नु नै भलिबल विकास गर्नु जस्तो लाग्छ । आशा छ यसले धेरै सहयोग गर्नेछ,' उनले भने ।
कोर्षका डिरेक्टर श्रेष्ठले यो कोर्ष महत्वपूर्ण रहेको कारण सबैले एकपटक कोर्ष गर्नु पर्ने बताए ।
'यो बेसिक कोर्ष हो । यो सबैले गर्नु पर्छ । धेरै महत्वपूर्ण र अनिवार्य गर्नु पर्छ,' श्रेष्ठले भने, 'यसले नयाँ खेलाडीको विकासमा सहयोग गर्छ ।'