काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको तेस्रो दिन भुवन नगरकोटीले अग्रता कायम राखेका छन् ।
गोकर्ण गल्फ क्लबमा बुधबार भुवनले २ स्ट्रोकको अग्रता बनाएका हुन् । बुधबार २ ओभर ७४ स्कोर जोडेका भुवनले कुल ९ अन्डर २ सय ७ स्कोर बनाएका छन् ।
शुक्र बहादुर राई १ अन्डर २ सय ९ स्कोरसहित दोस्रो स्थानमा छन् ।
दक्षिण एसियाली खेलकुदमा स्वर्ण विजेता एमेच्योर गल्फर सुबास तामाङले ५ अन्डर २ सय ११ स्कोर जोडेर तेस्रो स्थानमा रहेका छन् ।
यस्तै संजय लामा चौंथो र एमेच्योर विजय श्रेष्ठ पाँचौं स्थानमा रहेका छन् ।
प्रतियोगिताको विजेताले १ लाख २३ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८४हजार तथा तेस्रोले ६० हजार पाउनेछन् । त्यसबाहेक शीर्ष २१ मा रहने खेलाडीहरुले पनि नगद पुरस्कार पाउने बताईएको छ