मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
  4. /
  5. प्रदेश भलिबलको यो ‘हरिबिजोग’

प्रदेश भलिबलको यो ‘हरिबिजोग’

२०२१ मार्च १७, बुधबारखेलपाटी संवाददाता

प्रदेश भलिबलको यो ‘हरिबिजोग’

काठमाडौं । नेपालमा संविधान जारी भएको ५ वर्ष बितिसक्यो । संघीय संरचना अनुसार देश ७ प्रदेशमा बााँडिएको छ । देशमा अधिकांश प्रशासनीक संरचना सोही अनुसार संशोधित भए, कार्यान्वयनमा आए । तर नेपालको राष्ट्रिय खेल भलिबलको केन्द्रदेखि प्रदेशसम्म पुरानै संरचना कायम छ ।

साविकका क्षेत्रीय भलिबल संघ नयाँ संघीय संरचना अनुसार चल्न सकेका छैनन् । न त केन्द्रले नयाँ संरचना अनुसार संघको विधान र संरचना परिवर्तन गर्न सकेको छ । जसले गर्दा प्रदेश भलिबल संघको प्रशासकीय गतिविधि भद्रगोल देखिएको छ ।

ईलाममा बुधबारबाट खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुँदैछ । गण्डकी प्रदेशले समेत प्रतियोगितामा सहभागीता जनाउँदैछ । सोमबार गण्डकी प्रदेश भलिबल संघले प्रतियोगितामा सहभागीता जनाउन भन्दै ईलामको जिल्ला भलिबल संघलाई पत्र लेख्यो ।

No description available.

प्रदेश भलिबलले जिल्ला भलिबल संघलाई पत्र त लेख्यो, तर पत्रमा न चलानी नम्बर छ, न पत्र संख्यानै उल्लेख गरिएको छ । सामान्यता संस्थाको नेतृत्व अध्यक्षले गर्छन् भने प्रशासनिक जिम्मेवारीमा महासचिव रहन्छ । आफ्नो अनुपस्थितीमा अध्यक्षले कार्यवहाक तोक्न सक्छन् । तर प्रदेश भलिबल संघले उपाध्यक्षको हस्ताक्षरमा जिल्ला भलिबल संघलाई पत्र पठाएको छ । उनै उपाध्यक्ष प्रतियोगिता खेल्ने टोलीको प्रशिक्षक छन् । जिल्लालाई लेखिएको पत्रमा संस्थाको छाप पनि छैन । यस्तो हालतमा भलिबलका प्रदेश संघ सञ्चालित छन् ।

प्रदेश भलिबल संघले पुरानै लेटरप्याड प्रयोग गरेको देखिन्छ । पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, पोखराको नाममा पत्र लेखिएको छ । साविकको पश्चिमाञ्चलसंघीय संरचना अनुसार गण्डकी प्रदेश बनिसक्यो । गण्डकी प्रदेश भलिबल संघको नामबाट राष्ट्रिय स्तरको प्रतियोगिता समेत आयोजना भैसक्यो । तर संघले पुरानै पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको नामबाट प्रशासनीय गतिविधि गरिरहेको छ ।

‘केन्द्रसंगै प्रदेशमा गलत भईरहेको छ । एक हिसाबले संविधान विरोध काम जस्तो देखिन्छ । राष्ट्रिय खेलका प्रदेश संरचनाले गलत काम गर्न भएन ।’ भलिबल संघका एक पूर्व पदाधिकारीले खेलपाटीसंग भने ।

उनले नेपाल भलिबल संघबाट स्विकृत प्रतियोगितामा पुरानै संरचनाको नामबाट प्रदेशको टिम समावेश हुनु दुखद भएको बताउँछन् ।

No description available.

गण्डकी प्रदेश मात्र नभएर भलिबल संघका अधिकांश प्रदेश तथा जिल्ला संघहरु भद्रगोल अवस्थामा छन् । अघिकांश जिल्ला संघ दर्ता र नविकरणको समस्या छन् । नेपाल भलिबल संघको केन्द्रमै आफ्नै कार्यालय छैन । राखेपमा भएको कार्यालय लथालिङ्ग देखिन्छ । प्रदेश र जिल्लाको अवस्था अझै नाजुक छ । सोही कारण भलिबलका कार्यक्रम प्रदेश र जिल्लामा व्यवस्थित तरिकाले संचालन हुन सकेका छैनन् ।

संविधान कार्यान्वयनमा आएको ५ वर्ष बितिसक्दा समेत भलिबल संघले संघीय संरचना अनुसार प्रदेश र जिल्ला संघलाई सञ्चालन गर्न नसक्दा समस्या आएको एक पूर्व पदाधिकारी बताउँछन् ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले

Bhat Bhateni
पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित