काठमाडौं । प्रथम सराङ्गे छहारी भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
आयोजक अशिम युथ क्लबको मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
आयोजक अशिम युथ क्लब क्लबका अध्यक्ष लोक बिक्रम मल्लले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए ।
'प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ । खेल खेलाउन हामी तयार छौं,' अध्यक्ष मल्लले भने ।
बसपार्कस्थित ढोरपाटनको कोर्टमा हुने पहिलो संस्करणको प्रतियोगिता चैत ४ (भोलि) बाट ७ गतेसम्म हुनेछ ।
प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेसका नेता गगन थापाले गर्नेछन् ।
आयोजक क्लबले प्रतियोगितामा २० टोली सहभागी हुने पक्का भएको बताएको छ ।
अनुमानित १५ लाख खर्च हुने प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले ६१ हजार १ सय ११ प्राप्त गर्दा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ ।
यस्तै प्रतियोगिताको उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट क्विकर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी र उत्कृष्ट लिफ्टररले २५ सय प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट प्रशिक्षकले ३ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा बिभाग तथा प्रदेश खेलेका खेलाडीले सहभागीता जनाउन नपाउने नियम रहेको आयोजकले जनाएको छ ।
फाइनल खेल अघि मनोरञ्जनात्मक कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ । हास्यकलाकार तथा फिल्मकर्मी केदार घिमिरे (माग्नेबुढा)ले आफ्नो प्रस्तुती देखाउनेछन् ।
प्रतियोगिताको मिडिया पार्टनरको रुपमा खेलपाटी डटकम रहेको छ । प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेलको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमबाट हेर्न सकिने छ ।