काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको पहिलो दिन भुवन नगरकोटीले अग्रता बनाएका छन् ।
गोकर्ण गल्फ क्लबमा सोमबार भुवनले ४ स्ट्रोकको अग्रता बनाएका हुन् । भुवनले पहिलो दिन ८ अन्डर ६४ स्कोर कार्डसहित अग्रता लिएका हुन् ।
पहिलो दिन भुवनले रामे मगर र विजय श्रेष्ठ ऐनहाउसलाई पछि पारेका हुन् । रामे र विजयको ४ अन्डर ६८ स्कोर रहेको छ ।
यस्तै २ अन्डर ६९ स्कोर कार्डसहित सुवास तामाङ, राजेन्द्र श्रेष्ठ र शुक्र बहादुर राई तेस्रो स्थानमा रहेका छन् ।
प्रदिप कुमार लामा र टासी छिरिङले १ अन्डर ७१ स्कोर जोडे । जय राम श्रेष्ठ, संजय लामा र धन बधौर थापाले १ ओभर ७३ स्कोर बनाए ।
तीन दिने प्रतियोगितामा ४४ प्रोफ्रेसनल गल्फरले खेल्नेछन् ।
प्रतियोगिताको विजेताले १ लाख २३ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८४हजार तथा तेस्रोले ६० हजार पाउनेछन् । त्यसबाहेक शीर्ष २१ मा रहने खेलाडीहरुले पनि नगद पुरस्कार पाउने बताईएको छ ।