सुर्य नेपाल सेन्ट्रल ओपन गल्फ भोलिबाट
आइतबार, ०१ चैत्र २०७७खेलपाटी संवाददाता

काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिता भोलिबाट सुरु हुने भएको छ ।
तीन दिने प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुनेछ । प्रतियोगितामा ४४ प्रोफ्रेसनल गल्फरले खेल्नेछन् ।
प्रतियोगितामा भुवन नगरकोटी, शुक्र बहादुर राई, रामे मगर र संजय लामा लगायतले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको विजेताले १ लाख २३ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८४हजार तथा तेस्रोले ६० हजार पाउनेछन् । त्यसबाहेक शीर्ष २१ मा रहने खेलाडीहरुले पनि नगद पुरस्कार पाउने बताईएको छ ।






-1761584666208.jpeg&w=3840&q=75)


-1766027225866.webp&w=3840&q=75)
-1766026878436.webp&w=3840&q=75)
-1766025700542.webp&w=3840&q=75)
-1766025268063.webp&w=3840&q=75)


%20(1)-1765977079083.jpeg&w=3840&q=75)