एजेन्सी । अमेरिकी बक्सिङ लिजेण्ड मार्भिन हाग्लरको निधन भएको छ ।
मिडलवेटका पूर्व च्याम्पियन हाग्लरको ६६ वर्षको उमेरमा निधन भएको हो ।
हाग्लरको निधनको कारण भने बताईएको छैन ।
१४ वर्षको व्यावसायिक बक्सिङमा हाग्लरले ६७ फाइट गरेका थिए ।
जसमा उनले ६२ खेल जित्दा ५२ नकआउट गरेका थिए ।
उनले करियर २ खेल बराबरी खेल्दा ३ खेल हारेका थिए ।
