काठमाडौं । सन्तोषी श्रेष्ठ र चन्द बहादुर पुनमगर गोल्डेन स्पिन्ट मिटका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
दशरथ रंगशालमा शनिबार भएको मिटमा महिलातर्फ सन्तोषी र पुरुषतर्फ चन्द उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
सन्तोषीले तीन हजार मिटरमा ९ मिनेट ४९.०९ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितेकी थिइन् । उनले नेपाल पुलिसकी राजपुरा पछाईलाई पछि पार्दै स्वर्ण जितेकी हुन । पछाईले १० मिनेट ४१.९ सेकेण्डमा दुरी पार गर्दै रजत र काठमाडौंकी बन्दना राईले १२ मिनेट २२.५ सेकेण्डसाथ कास्य जितिन् ।
सय मिटरमा स्वर्ण जितेका चन्दले आशिष चौधरीलाई पछि पार्दै स्वर्ण जितेका हुन । उनले १०.८० सेकेण्डमा दुरी पार गरेका हुन । त्यस्तै रजत जितेका चौधरीले १०.८५ सेकेण्ड खर्चदाँ कास्य जितेका जीवन चौधरीले १०.९९ सेकेण्ड खर्चे ।

चार सय मिटर पुरुषमा आर्मीका सोमबहादुर कुमालले स्वर्ण जिते । उनले ४९.१ सेकेण्डमा दुरी पार्दै स्वर्ण जितेका हुन । त्यस्तै एपीएफका शिवराज पार्कीले ५१.६० सेकेण्डमा रजत जित्दा आर्मीका पकाश दनुवारले ५१.९८ सेकेण्डमा कास्य जिते ।
यसै विधाको महिलातर्फ भगवती कुमारी चौधरीले १ मिनेट ०४.१ सेकेण्डका साथ स्वर्ण जित्दा सिमा चौधरीले १ मिनेट ०७.८ सेकेण्डमा रजत जितिन । ललितपुरकी काजल बिष्टले एक मिनेट १०.३ सेकेण्डका साथ कास्य जितिन् ।
पुरुषतर्फको तीन हजार मिटरमा ९ मिनेट १०.६ सेकेण्डमा दुरी पुरा गर्दै टंक कार्कीले स्वर्ण जिते । त्यस्तै ९ मिनेट १६ सेकेण्डमा शिव बहादुर राइमाझीले रजत र ९ मिनेट ३२.७ सेकेण्डमा दुरी पुरा गर्दै सन्तोष नाथ योगीले कास्य जिते ।
महिलातर्फ सय मिटरमा आर्मीकी सरस्वाती चौधरीले स्वर्ण जितिन् । उनले १२.४० सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितेकी हुन । त्यस्तै एपीएफकी शिला चौधरीले १४.०९ सेकेण्डमा रजत र आर्मीकी स्वस्तिका चौधरीले १५.०९ सेकेण्डमा कास्य जितिन् ।
पुरुषको आठ सय मिटरमा आर्मीका मुकेश पलले एक मिनेट ५९.५ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जित्दा सुनिल सुनारले २ मिनेटमा दुरी पार गर्दै रजत जिते । पर्साका पिन्स कुरमार मुखियाले २ मिनेट ५ सेकेण्डमा कास्य जिते ।

दुई समय मिटर महिलातर्फ आर्मीकी जयरानी थारुले ३६.०७ सेकेण्डमा स्वर्ण जितिन् । चितवनकी रेश्मा सुवेदीले २७.१४ सेकेण्डमा रजत र आर्मीकी कृष्णा कुमारी चौधरीले २७.४० सेकेण्डमा दुरी पार गर्दै कास्य जितिन् ।
यसै विधाको पुरुषतफै एपीएफका निर पताप महतोले २२.७४ सेकेण्डका साथ स्वर्ण जिते । त्यस्तै पर्साका अरुण महतो थारीले २३.५४ सेकेण्डमा रजत र आर्मीका चेतनारायणा थानेतले २३.७७ सेकेण्डका साथ कास्य जिते ।

जुनियरतर्फ भने रेश्मा सुवेदी र शाहन चन्द शाले उत्कृष्ट भए । जुनियरतर्फ सय मिटर पुरुषमा सोहन चन्दा शाह पहिलो, सलिम देवान दोसो र आदेश कुमार यादव तेसो भने । यसै विधाको महिलातर्फ रेश्मा सुवेदी पहिलो, लुझाला अमात्य दोसो र सिमा चौधरी तेसो भए ।
जुनियर चार सय मिटर पुरुषमा विनय आचार्य पहिलो, चित्र बस्नेत दोसो र महेन्द बढाल तेसो भए । महिलातर्फ अरुणा रिजाल पहिलो, रोजिना दुलाल दोसो र श्रेस्का सिल्पकार तेसो भए ।
जुनियरकै आठ सय मिटर महिलामा सिमा चौधरी पहिलो, सरस्वाती बोहरा दोसो, उर्जा मधिकर्मी तेसो बने । पुरुषमा युनिस आलेमगर पहिलो, उदय लिम्बु दोसो र अतुल गडिया तेसो भए ।

प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: ७ हजार, ५ हजार र ३ हजार नगद प्राप्त गर्ने छन् ।