काठमाडौं । ढोरपाटन क्लबको आयोजनामा भलिबलको बेसिक लेभल वान कोचेज कोर्ष हुने भएको छ ।
नेपाल भलिबल संघको सहयोगमा ढोरपाटनले लेभल वान कोर्ष गर्ने भएको हो ।
कोचेज कोर्ष चैत ५ देखि १४ गतेसम्म संचालन हुनेछ ।
कोर्षमा सहभागीलाई कपिल किशोर श्रेष्ठको नेतृत्वमा उत्सव खड्का र अन्तर्राष्ट्रिय रेफ्री कुल बहादुर रानाले प्रशिक्षण दिनेछन् ।
भलिबलमा विकास गर्ने उद्देश्यले कोर्षको प्रशिक्षण गर्न लागेको ढोरपाटनका अध्यक्ष मनवीर छन्त्यालले बताए ।
‘भलिबल विकासको लागि रेफ्री, प्रशिक्षक सबै चाहिदो रहेछ । उनीहरुले सिकिसकेपछि जहाँ प्रशिक्षण गर्छन्, खेलाडीलाई राम्रो बनाउछन्, सिकेपछि अरुलेभन्दा राम्रो भूमिका खेल्छन् त्यसैले यो चिज चाहिन्छ भनेर यो कोर्ष गर्न लागेका हौ ।’ उनले भने ।
प्रशिक्षण ढोरपाटनको मैदान, ऋत एकेडेमी र साउथ वेस्टर्न कलेज बसुन्धरामा हुनेछ ।
कोर्षमा कुल ५० जना प्रशिक्षकको सहभागिता रहनेछ ।