काठमाडौं । सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा सरस्वती चौधरी सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।
नेपालगञ्जमा मंगलबार सम्पन्न प्रतियोगितामा एपीएफ क्लबकी सरस्वती सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी हुन् ।
एपीएफ क्लबलाई उपाधि दिलाउन उनले उत्कृष्ट प्रर्दशन गरेकी थिईन् ।
सर्वाेत्कृष्ट खेलाडी भएसँगै सरस्वतीले २५ हजार प्राप्त गरिन् ।
यस्तै, व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर पुलिसकी उषा भण्डारी, ब्लकर एपीएफकी हिरा के.सी, सेटर पुलिसकी कमला पुन, लिब्रो न्यु डाइमण्डकी सलिना श्रेष्ठ, सर्भर प्रतिभा माली र प्रशिक्षक एपीएफका महेश चौधरी चुनिए ।
उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले ५ हजार र प्रमाणपत्र प्राप्त गरे ।