काठमाडौं । नेपाल एपीएफ क्लबले सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
नेपालगञ्ज रंगशाला मंगलबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
उपाधि जित्ने क्रममा एपीएफले पुलिसलाई २५–२२, २५–२३ र २५–१९ को सेटमा पराजित गर्यो ।
यस्तै तेस्रो भएको होङग्वान्जी न्यु डाइमण्डले लुम्बिनी युनाइटेडलाई २५–१६, २५–११ र २५–१३ को सेटमा पराजित गर्यो ।
उपाधिसँगै एपीएफले ५ लाख, पुलिसले २ लाख र न्यु डाइमण्डले १ लाख प्राप्त गरेका छन् । चौथो भएको आर्मीले ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
बाँके जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा तीन विभागिय टोली सहित ५ टोलीको सहभागिता रहेको थियो ।