आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Loading ad...
Bhat Bhateni Supermarket Ad

कार्कीलाई आङ्ग छिरिङ शेर्पा स्मृति गल्फको उपाधि

शनिबार, २२ फाल्गुण २०७७खेलपाटी संवाददाता
कार्कीलाई आङ्ग छिरिङ शेर्पा स्मृति गल्फको उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं । सुनिल कार्कीले स्वर्गीय आङ्ग छिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।

गोकर्ण गल्फ क्लबमा शनिबार ४१ अंक जोड्दै कार्कीले उपाधि जितेका हुन् । उपाधिसँगै उनले यती माउन्टेन होम कोङ्दे, सोलुखुम्बुमा ४ जनाको लागि ब्रेकफास्ट गर्ने अवसर पाएका छन् ।

ब्रेकफास्टका लागि काठमाडौंबाट एअर डाइनेस्टीको हेलिकप्टर राइडको सुविधा पाउनेछन् ।

यस्तै ताहिर शाह ४० अंकका साथ उपविजेता बने । उनले ब्रेकफास्ट फास्ट, लन्च र डिनर सहित २ जनाका लागि २ रात ३ दिन कसारा जंगल रिसोर्ट चितवनमा बस्ने सुविधा पाएका छन् । यसका साथै यती एअरलाइन्स तर्फबाट काठमाडौं–भरतपुर–काठमाडौं निशुल्क हवाई टिकट प्राप्त गरेका छन् ।

हृदेश कुमार सिंहले प्रतियोगितामा ३४ ग्रस अंक बटुल्दै बेस्ट ग्रसको उपाधि जितेर मोक्ष मुस्ताङ्गमा ब्रेकफास्ट, लन्च र डिनर सहित २ जनालाई २ रात ३ दिन बस्ने मौका पाएका छन् । उनलेले काठमाडौं–पोखरा–जोमसोम जानआउनका लागि यती एअरलाइन्स र तारा एअरको तर्फबाट निशुल्क हवाई टिकट प्राप्त गरेका छन् ।

No description available.

बेस्ट ग्रस रनरअपको उपाधि विजय श्रेष्ठ आईनहाउसले प्राप्त गरे । उनले यती एअरलाइन्सबाट दुई जनाको लागि काठमाडौं–भरतपुर–काठमाडौंको हवाई टिकट सहित माला लज घान्द्रुकमा बे्रकफास्ट, लन्च र डिनर गर्ने अवसर पाएका छन् ।

स्वर्गीय आङ्ग छिरिङ शेर्पाको फेवरेट होल (होल नम्बर १३) मा बाबु शेर्पाले होलको सबभन्दा नजिक प्रहार गरेर विजेता बने । उनले हिमालय एअरको तर्फबाट एकजोडीलाई काठमाडौं–दुबई–काठमाडौंको निशुल्क हवाई टिकट प्राप्त गरेका छन् ।

महिलातर्फको उपाधि ३८ अंकका साथमा कश्मिरा शाहले जितेकी छिन् । उपाधिसँगै तारा एअरबाट काठमाडौं–लुक्ला–काठमाडौंको हवाई टिकट सहित यती माउन्टेन होम खाँग्रीमा २ जनाका लागि ब्रेकफास्ट, लन्च र डिनर गर्ने अवसर जितेकी छिन् ।

महिलातर्फ रनरअपको विजेता गिता गुरुङ बनिन् । उनले पनि ब्रेकफास्ट, लन्च र डिनर सहित २ जनाका लागि २ रात ३ दिन कसारा जंगल रिसोर्ट चितवनमा बस्ने सुविधा सहितका साथै यती एअरलाइन्सको तर्फबाट काठमाडौं–भरतपुर–काठमाडौंको निशुल्क हवाई टिकट प्राप्त गरेकी छन् ।

सिनियरतर्फको विजेता प्रदिप कुमार श्रेष्ठ बने । उनले उपाधिसँगै गोकर्ण फरेस्ट रिसोर्टमा ६० मिनेटको मसाज, बे्रकफास्ट, लन्च र डिनर सहित २ रात ३ दिन बस्ने अवसर प्राप्त गरेका छन् ।

जुनियरतर्फ ४४ अंकका साथ शयान बस्नेत बिजेता बने । उपाधिसँगै बिजेताले यती एअरलाइन्सको तर्फबाट काठमाडौं–भैरहवा–काठमाडौंको निशुल्क हवाई टिकट र २ जनाका लागि बुद्धमाया गार्डेन होटेल लुम्बिनीमा २ रात ३ दिन बे्रकफास्ट, लन्च र डिनर गर्ने अवसर पाएका छन् ।

तासी छिरिङ डोङ लङ्गेस्ट ड्राइभ विधाको बिजेता बने । बिजेतासँगै उनले यती एअरलाइन्सको तर्फबाट दुई जनालाई माउन्टेन फ्लाइटको निशुल्क टिकट पाउनेछन् भने गोकर्ण फरेस्ट रिसोर्टको तर्फबाट ६० मिनेट मसाज सहित २ जनाले बार्बीक्यू ब्रन्चको अवसर प्राप्त गरेका छन् ।

दावा जे शेर्पाले प्रतियोगिताको मोस्ट बर्डीज उपाधि जिते । शेर्पाले उपाधिसँगै यती एअरलाइन्सको तर्फबाट २ जनाको लागि काठमाडौ पोखरा काठमाडौंकोे हवाई टिकट सहित टेम्पल ट्रि रिसोर्ट एण्ड स्पामा बे्रकफास्ट सहित २ रात ३ दिन बस्ने सुविधा प्राप्त गरेका छन् ।

क्लोटेस्ट टु द पिन तर्फको उपाधि सुरेन्द्र फुँयालले जिते । बिजेताले यती एअरलाइन्सको तर्फबाट २ जनाको लागि काठमाडौ पोखरा काठमाडौंकोे हवाई टिकट सहित बोधी सुइट्स एण्ड बुटिक होटल एण्ड स्पामा बे्रकफास्ट सहित २ रात ३ दिन बस्ने सुविधा प्राप्त गरेका छन् ।

जोशीलाई होल इन वानको उपाधि

गल्फर सुमन जोशीले होल इन वान गरेर नेपालमै पहिलो पटक पुरस्कार स्वरुप कियाको सोनेट कार जितेका छन् । सो पुरस्कारको प्रायोजन कन्टिनेन्टल ट्रेनिङ इन्टरप्राइजेज प्रा.लि.ले गरेको छ ।

आङ्ग छिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा यती एअरलाइन्स, तारा एअर र गोकर्ण फरेस्ट रिसोर्टले संयुक्त रुपमा गल्फ प्रतियोगिताको आयोजना गरेको हो ।

No description available.

दुईदिन चलेको प्रतियोगितामा १ सय ६० जनाले सहभागीता जनाएका थिए ।

विजेतालाई यती एअरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पा, प्रबन्ध निर्देशक चन्दा शेर्पा, प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुह्रद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कृत गरे ।

प्रतियोगीतामा सहभागी खेलाडीबाट उठाईएको ३ लाख बिस हजार रकम शान्ति सेवा गृह, तिलगंगा र वर्ल्ड भिजन ईन्टरनेशनल इन नेपाल लाई दामासाही रुपमा प्रदान गरीयो ।

यस गल्फ प्रतियोगितालाई स्वर्गीय आङ्ग छिरिङ शेर्पाको स्मृतिमा प्रत्येक वर्ष थप बृहत र विस्तार गर्दै नेपालको सुदूरपश्चिम देखि पश्चिमसम्मका पर्यटकीय एवं ऐतिहासिक गन्तव्यहरुमा गर्ने आयोजना रहेको यती एअरलाइन्सले जनाएको छ ।

No description available.

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीको शतकीय खेलमा मियामी पराजित

मेसीको शतकीय खेलमा मियामी पराजित

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश