काठमाडौं । सुनिल कार्कीले स्वर्गीय आङ्ग छिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा शनिबार ४१ अंक जोड्दै कार्कीले उपाधि जितेका हुन् । उपाधिसँगै उनले यती माउन्टेन होम कोङ्दे, सोलुखुम्बुमा ४ जनाको लागि ब्रेकफास्ट गर्ने अवसर पाएका छन् ।
ब्रेकफास्टका लागि काठमाडौंबाट एअर डाइनेस्टीको हेलिकप्टर राइडको सुविधा पाउनेछन् ।
यस्तै ताहिर शाह ४० अंकका साथ उपविजेता बने । उनले ब्रेकफास्ट फास्ट, लन्च र डिनर सहित २ जनाका लागि २ रात ३ दिन कसारा जंगल रिसोर्ट चितवनमा बस्ने सुविधा पाएका छन् । यसका साथै यती एअरलाइन्स तर्फबाट काठमाडौं–भरतपुर–काठमाडौं निशुल्क हवाई टिकट प्राप्त गरेका छन् ।
हृदेश कुमार सिंहले प्रतियोगितामा ३४ ग्रस अंक बटुल्दै बेस्ट ग्रसको उपाधि जितेर मोक्ष मुस्ताङ्गमा ब्रेकफास्ट, लन्च र डिनर सहित २ जनालाई २ रात ३ दिन बस्ने मौका पाएका छन् । उनलेले काठमाडौं–पोखरा–जोमसोम जानआउनका लागि यती एअरलाइन्स र तारा एअरको तर्फबाट निशुल्क हवाई टिकट प्राप्त गरेका छन् ।

बेस्ट ग्रस रनरअपको उपाधि विजय श्रेष्ठ आईनहाउसले प्राप्त गरे । उनले यती एअरलाइन्सबाट दुई जनाको लागि काठमाडौं–भरतपुर–काठमाडौंको हवाई टिकट सहित माला लज घान्द्रुकमा बे्रकफास्ट, लन्च र डिनर गर्ने अवसर पाएका छन् ।
स्वर्गीय आङ्ग छिरिङ शेर्पाको फेवरेट होल (होल नम्बर १३) मा बाबु शेर्पाले होलको सबभन्दा नजिक प्रहार गरेर विजेता बने । उनले हिमालय एअरको तर्फबाट एकजोडीलाई काठमाडौं–दुबई–काठमाडौंको निशुल्क हवाई टिकट प्राप्त गरेका छन् ।
महिलातर्फको उपाधि ३८ अंकका साथमा कश्मिरा शाहले जितेकी छिन् । उपाधिसँगै तारा एअरबाट काठमाडौं–लुक्ला–काठमाडौंको हवाई टिकट सहित यती माउन्टेन होम खाँग्रीमा २ जनाका लागि ब्रेकफास्ट, लन्च र डिनर गर्ने अवसर जितेकी छिन् ।
महिलातर्फ रनरअपको विजेता गिता गुरुङ बनिन् । उनले पनि ब्रेकफास्ट, लन्च र डिनर सहित २ जनाका लागि २ रात ३ दिन कसारा जंगल रिसोर्ट चितवनमा बस्ने सुविधा सहितका साथै यती एअरलाइन्सको तर्फबाट काठमाडौं–भरतपुर–काठमाडौंको निशुल्क हवाई टिकट प्राप्त गरेकी छन् ।
सिनियरतर्फको विजेता प्रदिप कुमार श्रेष्ठ बने । उनले उपाधिसँगै गोकर्ण फरेस्ट रिसोर्टमा ६० मिनेटको मसाज, बे्रकफास्ट, लन्च र डिनर सहित २ रात ३ दिन बस्ने अवसर प्राप्त गरेका छन् ।
जुनियरतर्फ ४४ अंकका साथ शयान बस्नेत बिजेता बने । उपाधिसँगै बिजेताले यती एअरलाइन्सको तर्फबाट काठमाडौं–भैरहवा–काठमाडौंको निशुल्क हवाई टिकट र २ जनाका लागि बुद्धमाया गार्डेन होटेल लुम्बिनीमा २ रात ३ दिन बे्रकफास्ट, लन्च र डिनर गर्ने अवसर पाएका छन् ।
तासी छिरिङ डोङ लङ्गेस्ट ड्राइभ विधाको बिजेता बने । बिजेतासँगै उनले यती एअरलाइन्सको तर्फबाट दुई जनालाई माउन्टेन फ्लाइटको निशुल्क टिकट पाउनेछन् भने गोकर्ण फरेस्ट रिसोर्टको तर्फबाट ६० मिनेट मसाज सहित २ जनाले बार्बीक्यू ब्रन्चको अवसर प्राप्त गरेका छन् ।
दावा जे शेर्पाले प्रतियोगिताको मोस्ट बर्डीज उपाधि जिते । शेर्पाले उपाधिसँगै यती एअरलाइन्सको तर्फबाट २ जनाको लागि काठमाडौ पोखरा काठमाडौंकोे हवाई टिकट सहित टेम्पल ट्रि रिसोर्ट एण्ड स्पामा बे्रकफास्ट सहित २ रात ३ दिन बस्ने सुविधा प्राप्त गरेका छन् ।
क्लोटेस्ट टु द पिन तर्फको उपाधि सुरेन्द्र फुँयालले जिते । बिजेताले यती एअरलाइन्सको तर्फबाट २ जनाको लागि काठमाडौ पोखरा काठमाडौंकोे हवाई टिकट सहित बोधी सुइट्स एण्ड बुटिक होटल एण्ड स्पामा बे्रकफास्ट सहित २ रात ३ दिन बस्ने सुविधा प्राप्त गरेका छन् ।
जोशीलाई होल इन वानको उपाधि
गल्फर सुमन जोशीले होल इन वान गरेर नेपालमै पहिलो पटक पुरस्कार स्वरुप कियाको सोनेट कार जितेका छन् । सो पुरस्कारको प्रायोजन कन्टिनेन्टल ट्रेनिङ इन्टरप्राइजेज प्रा.लि.ले गरेको छ ।
आङ्ग छिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा यती एअरलाइन्स, तारा एअर र गोकर्ण फरेस्ट रिसोर्टले संयुक्त रुपमा गल्फ प्रतियोगिताको आयोजना गरेको हो ।

दुईदिन चलेको प्रतियोगितामा १ सय ६० जनाले सहभागीता जनाएका थिए ।
विजेतालाई यती एअरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पा, प्रबन्ध निर्देशक चन्दा शेर्पा, प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुह्रद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कृत गरे ।
प्रतियोगीतामा सहभागी खेलाडीबाट उठाईएको ३ लाख बिस हजार रकम शान्ति सेवा गृह, तिलगंगा र वर्ल्ड भिजन ईन्टरनेशनल इन नेपाल लाई दामासाही रुपमा प्रदान गरीयो ।
यस गल्फ प्रतियोगितालाई स्वर्गीय आङ्ग छिरिङ शेर्पाको स्मृतिमा प्रत्येक वर्ष थप बृहत र विस्तार गर्दै नेपालको सुदूरपश्चिम देखि पश्चिमसम्मका पर्यटकीय एवं ऐतिहासिक गन्तव्यहरुमा गर्ने आयोजना रहेको यती एअरलाइन्सले जनाएको छ ।
